बझाङको माझीगाउँ केन्द्र भएर भूकम्प

बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

काठमाडौँ– बझाङको माझीगाउँ आसपास केन्द्र भएर भूकम्प गएको छ।

बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यसअघि भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्र भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। साउन २८ गते बझाङकै गडाराया केन्द्र भएर ३.७ भूकम्प गएको थियो। 

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।