भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एशियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ।
यागीले दुई हप्ताअघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो। थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताका आधारमा यागीबाट प्रभावित बालबालिकाको संख्या उल्लेख गरेको हो।
कमजोर बालबालिका तथा परिवारले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एशिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताए।
भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।
म्यानमारमा बाढीका कारण करिब चार लाख मानिस विस्थापित भएका छन्। यागीले म्यानमारमा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई संकटमा धकेलेको उल्लेख गरिएको छ।
विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपत्कालीन प्रतिक्रिया शुरू गरी पाँच लाख मानिसलाई एक महिनाको आपत्कालीन खाद्यान्न वितरण गर्ने जनाएको छ।
जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एशिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने युनिसेफको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
