ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बझाङ– बझाङस्थति सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
बुधबार बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित दुई जना बेपत्ता भएका उनले जानकारी दिए।
ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम खुलिनसकेको सूचना अधिकारी जोशीले बताए। अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
