बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको हो।
यस दिन ३२० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ३७८ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन बैंकिङ समूह ०.७६ र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ। यो ७.६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको २० करोड ५८ लाख आठ हजार ५८४ रुपैयाँको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार २७० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
