निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोगअन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रूपमा समावेश गरी कार्यतालिका स्वीकृत भएको हो। कार्यतालिकामा उपनिर्वाचनसम्बन्धी ६२ वटा क्रियाकलाप सञ्चालन गर्ने उल्लेख छ।
स्वीकृत कार्यतालिकाअनुसार उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना असोज ९ गते प्रकाशित गरिने छ। असोज १० देखि १६ सम्म राजनीतिक दल दर्ता गरिने छ।
कार्यतालिकामा असोज २० देखि दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
आयोगले कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने छ। कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।
मंसिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै मंसिर १६ मा मतदान सम्पन्न गरिने आयोगको कार्यतालिकामा उल्लेख छ।
आयोगले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
