जितका लागि २२१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर २२३ रन बनायो।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ। नेपालले दिएको २२१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो।
क्यानडाको किङ सिटीमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ओमानले नेपालले दिएको लक्ष्य ४९.५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टाएको हो।
टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए। गुलसन झाले ५३ रनको योगदान दिए। जवाफमा ओमानको शुरूआत राम्रो रह्यो। गुल्सनले ५ विकेट लिएपछि ओमानले जितसम्म पुग्न संघर्ष गर्नुपरेको थियो।
ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएकोमा सकिल अहमदले दोस्रो बलमा चौका प्रहार गरे। यस्तै अन्तिम दुई बलमा दुई रन चाहिएको बेला कलिमउल्लाहले चौका प्रहार गर्दै जित दिलाए। हारका बाबजुद गुल्सन ‘प्लेयर अफ द म्याच’ रहे।
नेपाल अहिलेसम्म खेलेका ६ खेलमा पाँचौँ हार बेहोर्दै ८ टिममध्ये सातौँ स्थानमा छ। ओमान छैटौँ स्थानमा छ।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो। नेपालले अब आइतबार घरेलु टोली क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
