तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

सुन भदौ ३१ गते तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएर इतिहासकै उच्च मूल्यको रेकर्ड बनाएको थियो। त्यसयता भने घटिरहेको छ। 

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ८८० निर्धारण भएको छ।