दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको हो।

तुलसीपुर– दाङमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार दुइजनाको मृत्यु भएको छ। 

दुर्घटनामा चालक घोराही–१८ का २२ वर्षीय श्रवणकुमार पुन र पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको एसपी रामबहादुर केसीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।