विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका कप्तान हाजार्डले लिए सन्यास

स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक रूपमा खेल्दै आएका इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

काठमाडौँ– कतार विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक रूपमा खेल्दै आएका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। “आज एउटा पृष्ठ पल्टियो। अतुलनीय सहयोगको लागि धन्यवाद। मैले मेरो अन्तर्राष्ट्रिय करियरको अन्त्य गर्ने निर्णय गरेको छु”, उनले सामााजिक सञ्जालमा लेखेका छन्।

३१ वर्षीय विंगर हजार्डले बेल्जियमको सिनियर राष्ट्रिय टोलीबाट १२६ खेल खेल्दै ३३ गोल गरेका छन्। तर, कतार विश्वकपमा भने ३ खेल खेलेका उनी गोलविहीन भए। समूह ‘एफ’ मा बेल्जियम ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै घर फर्किएको थियो।

पहिलो खेलमा क्यानडालाई १-० गोलले पराजित गरेको बेल्जियम दोस्रो खेलमा मोरक्कोसँग २-० गोलले पराजित भएको थियो। यस्तै, अन्तिम तथा निर्णायक खेलमा भने बेल्जियम साविकको विजेता क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको थियो।