दलितका लागि दलित अभियानले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ।
काठमाडौँ– विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका अभियानमा अबद्ध युवाले बिहीबार बृहत् जुलुस निकालेका हुन्।

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारासमेत लगाएका छन्। 
प्रदर्शनमा सहभागी हुन मुलुकका विभिन्न जिल्लाबाट समेत युवा काठमाडौँ आएका छन्। सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरिरहेको हो। 
पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दासमेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुत निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटसमेत प्रबन्ध नगरेको भन्दै युवाले विभिन्न प्ला–कार्डसहित र्याली निकालेर दलितलाई खै? भन्दै प्रदर्शन गरेका हुन्।

दलितका लागि दलित अभियानका संयोजक सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलमा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका छन्। संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
