कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको समिति सदस्य महेश बर्तौलाले बताए।
काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। समितिको बिहीबारको बैठकले बहुमतका आधारमा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो।
समिति सदस्य एवं एमाले सांसद महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको जानकारी दिए। “उहाँले आवश्यक कागजात बुझाएपछि मात्रै नाम अनुमोदन गर्नेछौँ,” उनले भए।
बर्तौलाका अनुसार समिति सदस्यद्वय डोलप्रसाद अर्याल र प्रकाश अधिकारीले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, भारतका लागि प्रस्तावित डा. शंकर शर्माको नाम अनुमोदनमा असहमति जनाएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् भने अधिकारी जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन्।
सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जंगबहादुर चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिनालाई राजदूतमा सिफारिस गरेको थियो।
यसैगरी सरकारले चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रुपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, भारतका लागि शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई र स्पेनका लागि सनिल नेपाललाई राजदूतमा प्रस्ताव गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
