केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार धरहरा चढ्न आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ।
काठमाडौँ– सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्न आइतबारसम्मका लागि टिकट ‘बुक’ भइसकेको छ।
सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए।
“अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६०० जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। तर पहिलो दिन नै एक हजार २०० जनाले धरहरा चढेको आधिकारिक रेकर्ड छ”, उनले भने।
उनका अनुसार कतिपय मानिसहरू बिनाटिकटक नै धरहरा चढेका थिए। “आज अत्यधिक भिड भयो। भोलिदेखि व्यवस्थित रूपमा ६०० जनालाई मात्रै चढ्न दिन्छौँ।”
शहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माण शुरू भएको थियो। विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीबाट धरहराको उद्घाटन भएको थियो।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा चढ्ने टिकट बुकिङका लागि ‘धरहरा डट कम डट जीओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ।
विसं १८८२मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो। विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो। विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो।
विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनः भत्किएको थियो। विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनर्निर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो।
त्यसैगरी विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। यसैगरी विसं २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान शुरू गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
