कोशी, बागमती, कर्णाली र गण्डकीमा वर्षाको सम्भावना

कोशी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान उत्तर र पूर्वमा सरदर स्थान दक्षिणतिर अवस्थित छ। 

कोशी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।   

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।