अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।
वेदकोट– भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेका छन्। उनले लगाएको खेतीमध्ये आधा धान वर्षा र हावाहुरीले सोतर बनाइदिएको छ। पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन्।
भदौ अन्तिम साता अविरल वर्षासँगै आएको हुरी बतासले धानखेतीमा क्षति पुर्याएको हो। “वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ,” उनले भनिन्, “धान काट्नै नसकिने अवस्था छ।”
हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उनको गुनासो छ। “आम्दानीको स्रोत कृषि नै हो। धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ,” लुहारले भनिन्, “अब के खाने? के बेच्ने?”
भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उहाँ अधियाँ गर्ने गर्छिन्। गाउँमा अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई पनि के खाने? भन्ने चिन्ताले पिरोल्न थालेको छ।
“न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै,” उनले भनिन्, “किनेर खान पनि पैसा छैन।” बर्सेनि वर्षा र हुरी बतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ।
अविरल वर्षापछि आएको बाढी र हुरी बतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ।
स्थानीय तहले क्षतिको यकिन विवरण संकलन गरिरहेको छन्। जिल्लाका विभिन्न ठाउँमा गरेर झन्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ। “डुबान, कटान र पटानले बाली क्षति पुगेको छ। यकिन विवरण प्राप्त भएको छैन,” उनले भने, “निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
