नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
काठमाडौँ– म्याग्दीको रघुगंगा गाउँपालिकामा बनिरहेको ४० मेगावाटको राहुघाट हाइड्रो पावरको काम ८० प्रतिशत सकिएको छ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
आयोजनाका अनुसार आगामी असारभित्र सक्नेगरी काम भइरहेको छ। आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ। कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नुपर्ने बताइएको छ। मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने १ हजार ५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ।
विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुईवटा युनिट रहने छन्। नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण भएको छ। बाँधमा रहने गेटलगायत उपकरण ढुवानी भइसकेका छन्। बालुवा थिग्र्याउने पोखरी (डिसेन्टर) निर्माण करिब ३० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले बिहीबार आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना असारभित्र जुनसुकै अवस्थामा सम्पन्न गर्नुपर्ने बताए। “आयोजना सम्पन्न हुने विषयमा भारतीय अधिकारीबाट निरन्तर चासो व्यक्त भइरहेको हुन्छ, चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिनुपर्छ, यसका लागि हाम्रोतर्फबाट आवश्यक सहजीकरण गर्ने छौँ,” उनले भने।
कंक्रिट लाइनिङको काम चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तीव्रता दिन घिसिङले निर्देशन दिए। आयोजनाको प्रवर्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध–सञ्चालक गणेश केसीले कुनै ठूलो समस्या नआए असारभित्र आयोजना सम्पन्न हुने अवस्थामा पुगेको बताए।
आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ। जसमा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ। बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन्। दैनिक ४ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
