बाढी कारण आवासविहीन भएका ४७ हजार १९ घरपरिवारका एक लाख ६१ हजार ५९२ मानिसहरूले ४२५ राहत शिविरमा आश्रय लिइरहेका छन्।
म्यानमारमा बाढीका कारण मृत्यु हुनेको संख्या २९३ पुगेको छ। साथै, ८९ जना बेपत्ता भएको म्यानमारको राष्ट्रिय दैनिक ‘द मिरर’ले शुक्रबार जनाएको छ।
रिपोर्टअनुसार बाढीले म्यानमारका विभिन्न क्षेत्र तथा राज्यमा असर गरेको छ। बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिइरहेका छन्।
बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा परेको छ। त्यस्तै, एक लाख २९ हजार १५० जनावर मरेको प्रतिवेदनमा उल्लेख छ।
यागी नाम दिइएको आँधीका कारण बंगालको खाडीमा परेको न्यून चापीय प्रभावका कारण म्यानमारमा भारी वर्षापछि भीषण बाढी आएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रको सरसफाइ, स्वास्थ्य सेवालगायत पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
