सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तको नाममा सहकारी कानून विपरीत ऋण तथा पेस्की गरी दुई अर्ब ५८ करोड बराबरको रकम पठाइ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन प्रतिनिधिसभाको वेबसाइटमार्फत शुक्रबार सार्वजनिक गरेको हो।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वमा सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी अध्ययन गर्न संसदीय विशेष समिति गठन भएको थियो। जेठ १५ गते गठित समितिमा एमालेबाट थापासहित दुई जना सांसद थिए। नेपाली कांग्रेसबाट दुई तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद समितिमा सम्मिलित थिए। समितिले तीन महिनाभन्दा बढी समय लगाएर ४० वटा सहकारी संस्थाको अवस्था विश्लेषण गरेर प्रतिवेदन तयार पारेको थियो।
समितिले २२ वटा समस्याग्रस्त र १८ वटा सार्वजनिक रूपमा प्रश्न उठेका अन्य सहकारी संस्थाहरूको वित्तीय विश्लेषण गरेको थियो। समितिले व्यवस्थापकीय कमजोरी र दुरुपयोग, नियमनको अभाव, वित्तीय अनुशासनको कमी, अनियमित ऋण वितरण, वित्तीय शिक्षाको अभाव, संस्थागत नीतिको अभाव, सञ्चालक र प्रमुख कर्मचारीबाट पदको दुरुपयोगका कारण सहकारी क्षेत्रमा समस्या देखिएको निष्कर्ष निकालेको छ।
छानबिनका क्रममा समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित वित्तीय विश्लेषण पनि गरेको थियो। प्रतिवेदनअनुसार कम्पनीको संस्थापक शेयरधनी गितेन्द्रबाबु (जीबी)राई र छविलाल जोशी रहेकोमा २०७७ सालको अन्त्यतिर रवि लामिछाने पनि शेयरधनीका रूपमा प्रवेश गरेका थिए भने २०७८ र २०७९ सालमा क्रमशः छविलाल र रविले कम्पनी छाडेका थिए।
प्रतिवेदनमा उल्लेख भएअनुसार विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष जीबी राई र उनका आफन्तको नाममा सहकारी कानून विपरीत ऋण तथा पेस्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाइ अपचलन भएको पाइएको छ। उक्त रकममध्ये ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडियाको खातमा जम्मा भएको थियो। त्यसमध्ये २२ करोड ४६ लाख ३० हजार सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट भने ४३ करोड सात लाख ७४ हजार ५३८ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको थियो।
“गोर्खा मिडिया असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिन्छ। खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको छ। कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्तिबाहेकलाई ऋण प्रदान गर्नु हुँदैन र लगानीसमेत गर्नु हुँदैन,” गोर्खा मिडियासम्बन्धी विश्लेषणको निष्कर्षमा भनिएको छ, “तर सञ्चालकहरूको सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रूपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि हुन्छ।”
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबार अध्यक्ष राई नै जिम्मेवार रहेको उल्लेख गरेका थिए। “...समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ,” प्रतिवेदनमा भनिएको छ। समितिले उनले हस्ताक्षर गरेका चेकहरूको विवरणसमेत खुलाएको छ। यस्तो छ प्रतिवेदन :
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
