चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेका छन्।
सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेको जानकारी दिएको छ।
सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक स्थानीय तहस्तरीय अन्तरक्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्।
प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फर्स्योट भइसकेको र बाँकी २४४ प्रक्रियामा छन्। जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा रहेका छन्। जसमध्ये चार वटा मुद्दा फर्स्योट भइसकेका छन् भने ४२ वटा बाँकी छन्।
लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फर्स्योट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँच वटा फर्स्योट भएको, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फर्स्योट भएको, मिर्चैया नगरपालिकाविरुद्धको १३ वटा उजुरीमध्ये एउटा फर्स्योट भएको, भगवानपुर गाउँपालिकाविरुद्धको १२ वटा उजुरीमध्ये एउटा फर्स्योट भएको छ।
त्यस्तै विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुई वटा फर्स्योट भएको, नरहा गाउँपालिकाविरुद्धको सात वटा उजुरीमध्ये एउटा फर्स्योट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँच वटा उजुरीमध्ये एउटा फर्स्योट भएको छ।
धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धको पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धको तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामअवतार यादवले दुस्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेश प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
