साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ।
कार्यालयको तथ्यांकअनुसार साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आवको पहिलो दुई महिनामा दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो।
चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको चिया निर्यात गरिएको थियो।
दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै चियाको माग बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। भारतबाट अझै माग बढेकाले चियाको निर्यात थप बढ्ने उनको दाबी छ।
गत आवमा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६८ प्रतिशतले घटेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
