शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।
काठमाडौँ– रहमानुल्लाह गुरबाजको उत्कृष्ट शतक र राशिद खानको ५ विकेटको मद्दतमा अफगानिस्तानले शुक्रबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई १७७ रनले पराजित गरेको छ।
यस ऐतिहासिक जितसँगै अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको सिरिज पनि पहिलोपटक आफ्नो पक्षमा पारेको छ।
पहिलो एकदिवसीय खेल ६ विकेटले जितेको दुई दिनपछि अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो। निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै अफगान टोलीले ३११ रनको योगफल तयार गरेको थियो।
२२ वर्षीय गुरबाजले एकदिवसीय करियरमा सातौँ शतक प्रहार गर्ने क्रममा १० चौका र ३ छक्का हानेका थिए। उनी ओडीआईमा सतक हान्ने पहिलो अफगान खेलाडी पनि बने। अजमातुल्लाह उमरजाई ८६ रनमा अविजित रहे। रहमत शाहले ५० रन बनाए।
ब्याटिङका क्रममा चोट बोक्न पुगेका लेग स्पिनर खानले आफ्नो २६औँ जन्मदिनमा १९ रन खर्चेर ५ विकेट लिए। बायाँ हाते स्पिनर नांगेलिया खरोटेले २६ रन खर्चेर ४ विकेट लिए।
शारजाहमा जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बताए। सिरिजको तेस्रो खेल आइतबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
