हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। 

शुक्रबार राति हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री स्थानीय ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको जनाएको छ।