बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु

शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढोरपाटन– बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको चट्याङ लागेर मृत्यु भएको छ।

शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको डीएसपी विजय यादवले जानकारी दिए।

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए। चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवलदार केशव बुढाथोकीको कमान्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए।