श्रीलंकामा आर्थिक मन्दीपछि पहिलोपटक राष्ट्रपतिका लागि मतदान जारी

श्रीलंकामा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

तस्वीर: एएफपी

श्रीलंकाले आर्थिक संकटमाथिको सावधानीपूर्ण अवतरणपछि पहिलोपटक राष्ट्रपतिका लागि मतदान भइरहेको छ। 

राष्ट्रपतिका लागि ३९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। चुनावमा एक करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्। मतदान केन्द्र तथा गणना केन्द्रको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ।

हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरुहेको प्रहरी प्रवक्ता निहाल तल्डुवाले बताए। यसैबीच केही क्षेत्रका मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन प्रहरी परिचालन गर्नुपरेको उनको भनाइ छ। 

कोलम्बोमा शनिबार मतदान शुरू हुनुअघि दर्जनौँ मानिस मतदान केन्द्र बाहिर लामबद्ध थिए। मतदान स्थानीय समय अनुसार बेलुका चार बजेसम्म चल्ने र गणना साँझ देखि नै हुने जनाइएको छ। आइतबार नतिजा आउने अपेक्षा गरिएको छ। 

राष्ट्रपति रनिल विक्रमासिंघेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधि अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका थिए। सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिक आन्दोलित भएपछि तत्कालीन निर्वाचित राष्ट्रपति देश छोडेर भागेका थिए। विक्रमासिंघेले संकटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्र सम्हाल्दै झन्डै संकटग्रस्त हुनु पहिलेको अवस्थामा पुर्‍याएका छन्।  

संकटका समय नेतृत्व गरेको र देशलाई थप बरबादीतर्फ जानबाट रोक्न सकेकोमा आफू विजयी हुनेमा उनी आशावादी छन्। 

चुनावमा विक्रमसिंघले अनुरा कुमार दिसानायका लगायतका शक्तिशाली सीमान्त मार्क्सवादी पार्टीका नेतासँग कसिलो प्रतिस्पर्धा गर्नु पर्ने आकंलन गरिएको छ।

विज्ञका अनुसार श्रीलंकाको अर्थतन्त्र अझै पनि कमजोर छ। यहाँको ४६ अर्ब विदेशी ऋण भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिबद्धता अनुसार फेरी आएको छ।