बेरुतमा भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन्।
बेरुतमा एक दिनअघि भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले शनिबार बताएका छन्। उनका अनुसार मारिनेमध्ये सात महिला र तीन बालबालिका छन्।
स्वास्थ्यमन्त्री फिरास अबियाडले पत्रकारहरूलाई भने, “६८ जना घाइते भएका छन्, जसमध्ये १५ अस्पतालमा छन्।” बेरुतमा इजरायली आक्रमण २००६ ग्रीष्ममा भएको इजरायल-हिजबुल्लाह युद्धयताकै सबैभन्दा घातक हो।
मारिनेमा हिज्बुल्लाह कमान्डर इब्राहिम अकिलसमेत रहेका छन्। उनी उक्त समूहको हेजबुल्लाहको एलिट युनिटका कमान्डर थिए।
सन् १९८३ मा बेरुतस्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न रहेको आरोपमा अमेरिकाले खोजिरहेका व्यक्ति हुन् इब्राहिम। अमेरिकाले अकिलका बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको घोषणासमेत गरेको थियो।
ध्वस्त भएको भवनमा लडाकु समूहका करिब एक दर्जन सदस्य भेला भएका थिए। आक्रमणबाट अन्य दश जना वरिष्ठ कमान्डरहरूको समेत मृत्यु भएको छ।
हिज्बुल्लाहनिकट स्रोतलाई उल्लेख गर्दै एएफपीले जनाए अनुसार अकिल घटनाको क्रममा कमान्डरहरूसँगको बैठकमा थिए। इजरायली सेनाले अकिललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
मृतकमध्ये तीन सिरियाली नागरिकसमेत रहेको स्वास्थ्यमन्त्री अबियादले बताए। “खोज र उद्धार कार्य अझै जारी छ,” अबियाडले भने, “मृतकको संख्या बढ्न सक्ने सम्भावना छ।”
एएफपीटीभीका फुटेजमा उद्धारकर्मी आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लीन रहेको देखाइएको छ।
गाजामा युद्ध शुरू भएयता हिज्बुल्लाहका वरिष्ठ कमान्डरको हत्याको भएको यो दोस्रो घटना हो। गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो।
शुक्रबार अबेर इजरायली सेनाले आक्रमणमा अकिलसहित ११ हिजबुल्लाह कार्यकर्ता मारिएको बताएको थियो। हिजबुल्लाहले शुक्रबार राति नै इजरायली सेनाले आफ्ना १५ कार्यकर्तालाई मारेको घोषणा गरेको थियो।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
