काठमाडौँ महानगर दिवस एक साता विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एक साता विभिन्न कार्यक्रम गरेर २८औँ महानगर दिवस मनाउने भएको छ। महानगरले मंसिर २३ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम र विद्यालय स्तरका प्रतियोगिता आयोजना गर्दै महानगर दिवस मनाउने भएको हो।
यो समयमा सरसफाइ, जनप्रतिनिधिबीचका विभिन्न खेल प्रतियोगिता, सम्मान कार्यक्रम लगायतका क्रियाकलाप हुने महानगरले जनाएको छ। त्यस्तै, विद्यालय स्तरमा चित्रकला, वक्तृत्वकला प्रतियोगिता, हाँडीगाउँ सम्पदा महोत्सव, धिमे बाजा प्रतियोगिता, दमकल स्टेसनको उद्घाटन, जनचेतनामूलक सडक नाटक, विपद्का कृत्रिम अभ्यास लगायतका कार्यक्रम हुने महानगरको कार्यक्रम तालिकामा उल्लेख छ।
सम्मान कार्यक्रम
स्थापना दिवसका अवसरमा महानगरले हरेक वर्ष विभिन्न विद्यामा जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतलाई सम्मान गर्दै आएको छ। यसपटक महानगरले मंसिर २८ गते विद्यार्थीको चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्ने भएको छ।
सोही समारोहमा परम्परागत बाजा गुरुहरू, इन्द्रजात्राका अवसरमा निकालिने पुलुसिकसी, दीप्याखं, लाखे, आकाश भैरव, श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई जनही ३० हजारसहित सम्मान पत्र प्रदान गरिने छ।
मंसिर २९ गते हुने मूल समारोहमा महानगरका सात जनप्रतिनिधि तथा १० वर्षसम्म महानगरमा कार्यरत पाँच कर्मचारीलाई ‘महानगर सेवा गौरव पदक’ प्रदान गरिने भएको छ।
त्यस्तै, जनही २५ हजारको ‘महानगर सेवा पुरस्कार’ महानगरका १० कर्मचारीलाई दिइने भएको छ। कर्मचारीको उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कार वितरण गरिने महानगरले जनाएको छ।
एक लाख पुरस्कार राशिको ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ दुई महानगरकर्मी र दुई जनप्रतिनिधिलाई प्रदान गरिनेछ। त्यस्तै, ‘सुशासन पत्रकारिता पुरस्कार’ पाँच सञ्चारकर्मीलाई प्रदान गरिने महानगरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
