दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।
डोटी– दिपायलका चार युवाले बेसारको व्यावसायिक रूपमा खेती शुरू गरेका छन्। दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्।
उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्। चारै जना अन्य पेसामा पनि आबद्ध छन्। द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन्।
जागिरबाट बाँकी समय सदुपयोग गर्दै बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए। “एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो। योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो। जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर सुरु गर्यौँ,” उनले भने,” “अनलाइनका माध्यमबाट एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ।”
साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको चार महिना पूरा भइसकेको छ। एकपटक बेसारको गोडमेल पनि भइसकेको छ। अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको खड्काले जानकारी दिए। “अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ,” उनले भने।
बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउने योजना छ। बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ।
कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना बढाइने बताए। अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना छ।
बेसारखेतीका लागि कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ। आर्थिक वर्ष २०८०/८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गंगादत्त अवस्थीले बताए।
जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवालाई प्रोत्साहन गर्ने योजना रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
