वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे।
काठमाडौँ– लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
शनिबार राति बर्नमाउथलाई ३–० ले हराएको लिभरपुलको ५ खेलमा १२ अंक छ। एनफिल्डमा घरेलु टोलीलाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे।
अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको छ। वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे। जितसँगै चेल्सी ५ खेलमा १० अंकसहित चौथो स्थानमा उक्लिएको छ।
यस्तै, एस्टन भिल्लाले उल्भ्सलाई, टोटनहमले ब्रेन्टफोर्डलाई र फुलहमले न्युकासल युनाइटेडलाई समान ३–१ गोलअन्तरले पराजित गरेका छन्। म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
