अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको छ।
शुक्रबार प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन १ लाख ५८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। असोज १ गतेको तुलनामा आइतबारको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार १०० रुपैयाँले वृद्धि भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९२० रुपैयाँ निर्धारण भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
