श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनमा मतदान गरेका थिए।
श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकाले अग्रता कायम गरेका छन्।
मतगणनाअनुसार दिसानायकाले १० लाखभन्दा बढी मत अर्थात् ५२ प्रतिशत मत प्राप्त गरेका छन्। विपक्षी नेता साजिथ प्रेमदासा २३.३ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन्। रनिल विक्रमासिंघे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा छन्।
सन् २०२२ मा देखिएको चरम आर्थिक संकटका कारण चलेको आन्दोलनका भरमा तत्कालीन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि संसद्ले रनिल विक्रमासिंघलाई राष्ट्रपति चयन गरेको थियो। विक्रमासिंघेले राजपाक्षको पलायन र राजीनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै संकटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गरेका थिए।
आठ हप्ता लामो निर्वाचन अभियानमा आर्थिक मुद्दा हाबी भएका थिए।
आइतबारसम्म आधिकारिक नतिजा आउने अपेक्षा गरिएको छैन तर विदेशमन्त्री अली साबरीले प्रारम्भिक गणनाले दिसानायकाले जितेको स्पष्ट भएको स्वीकारोक्ति गरेका छन्।
श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
