इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ को विन्दुमा रोकिएको हो।
यस दिन ३२५ कम्पनीको एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ७२ हजार ९५७ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
वित्त समूह ०.३१, होटल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी बैकिङ समूह १.०१ प्रतिशतले बढेको छ। विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बीमा समूह ०.२४ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ।
इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको २७ करोड ८० लाख २७ हजार ७१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार २०३ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
