बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

काठमाडौँ– बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिएको हो।