व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। 

“प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो। जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो,” उनले रासससँग भने।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

विभिन्न व्यक्तिको चरित्रहत्या तथा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।