सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिबाट कारबाही सिफारिस गरिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ– संसदीय छानबिन विशेष समितिबाट सहकारी ठगीमा कारबाही गर्न सिफारिस गरिएकामध्ये पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पक्राउ परेका छन्। प्रहरीले जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो।
नेपाल प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जोशीलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको बताए। “उहाँलाई केही विषयमा बुझ्न नियन्त्रणमा लिएका छौँ,” उनले भने।
उनीमाथि सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेको छ। सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की प्रहरीले पूरक अनुसन्धान गरिरहेको छ।
सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारीको बचत अपचलनमा जोशीलाई कारबाही गर्न सिफारिस गरिएको छ।
समितिले सहकारी कानून विपरीत सहकारीबाट गोरखा मिडियामा आएको रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको ठहर गर्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गरेको हो। जोशी गोरखा मिडियाका तत्कालीन सञ्चालक हुन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरिएको छ। समितिले उनी गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक पदमा बहाल रहँदा सहकारी संस्थाबाट प्रवाह भएको रकम खर्च गर्ने/गराउने कार्यमा जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
त्यस्तै, समितिले सोही मामिलामा गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ। राई फरार छन् भने रम्तेल पुर्पक्षका लागि थुनामा छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो भने प्रतिवेदनलाई सरोकारवाला निकायमा पठाइएको थियो।
आइतबार नै गृह मन्त्रालयले समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई आइतबार लेखी पठाइएको थियो।
यो पनि –
सहकारी प्रकरण: रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?
मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर
रवि जोडिएको सुप्रिम सहकारी प्रकरणः पूर्वउपराष्ट्रपतिपुत्र जोगाउन प्रतिवेदनमै ‘किर्ते’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
