श्रीलंकाको राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको ऐतिहासिक मतगणनापछि वामपन्थी नेता दिसानायके विजयी भएका छन्।
श्रीलंकाको राष्ट्रपतिमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन्। श्रीलंकाको राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको ऐतिहासिक मतगणनापछि वामपन्थी नेता दिसानायके विजयी भएको बीबीसीले जनाएको छ।।
श्रीलंकामा शनिबार भएको राष्ट्रपतिको निर्वाचनको नतिजा आइतबार आएको हो। श्रीलंकाले सबैभन्दा खराब आर्थिक संकटको सामना गरेसँगै २०२२ मा राष्ट्रपति गोटाबाया राजापाक्षेलाई जनविरोध प्रदर्शनले पदमुक्त गरेपछि शनिबार पहिलोपटक निर्वाचन भएको हो। प्रारम्भिक जानकारीअनुसार नवनिर्वाचित राष्ट्रपति दिसानायकेले सोमबार शपथ लिने छन्।
पहिलो चरणमा राष्ट्रपतिका कुनै पनि प्रतिस्पर्धीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मत गणना भएको थियो। दोस्रो चरणमा नेसनल पिपुल्स पावर (एनपीपी) का दिसानायका र समागी जन बलवेगा (एसजेबी)का सजिथ प्रेमदासा मतगणनाका लागि योग्य भएका थिए।
पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी नेता सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका थिए।
श्रीलंकाका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनमा मतदान गरेका थिए। सन् १९७० र १९८० को दशकमा दिसानायकाको मार्क्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो। यसक्रममा ८० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
उनको दलले सन् २०२० को संसदीय चुनावमा चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो। तर श्रीलंकाको आर्थिक संकटले ५५ वर्षीय दिसानायकेलाई देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
