सोमबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ। जारी सिरिजमा क्यानडासँग नेपालको यो दोस्रो हार हो।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एक दिवसीय सिरिजमा नेपाल क्यानडासँग फेरि पराजित भएको छ। यस सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। सोमबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। नाभिनित धालिवाल र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकाल्न सफल भयो। धालिवालले टोलीका लागि ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए भने प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन जोडे। यस्तै, हर्ष ठाकरले १३ र निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १/१ विकेट लिएका थिए।
त्यसअघि क्यानडाको किङ सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै १८१ रनको योगफल बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन। सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो। यसअघि उनले सन् २०२३ मा पपुवा न्युगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए।
त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए। करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे। यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार/चार रन बनाए।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई/दुई विकेट लिए। त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक/एक विकेट लिए।
सिरिजका यसअघिका खेलमा नेपाल क्यानडासँग १०३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
