नेप्से परिसूचक ५९ अंकले घटेर २५२९ को विन्दुमा

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाठौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको हो। 

यस दिन ३२९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ७७ हजार १५३ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार ६८३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यो रकम अघिल्लो कारोबार दिनको भन्दा बढी हो। आइतबार पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँ बराबरको कारोबारको शेयर कारोबार भएको थियो।

यस दिन सबै समूहको उपसूचक घटेको छ। सर्वाधिक वित्त समूहको ५.५६ प्रतिशतले घटेको छ।

होटल तथा पर्यटन ३.३३, उत्पादन तथा प्रशोधन १.८१, लघुवित्त २.५६ र म्युचुअल फन्ड ०.४८ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ समूह १.२७, विकास बैंक २.४६, जलविद्युत् २.८९, लगानी २.८८ र जीवन बीमा २.३६ प्रतिशतले घटेको छ। त्यस्तै, निर्जीवन बीमा २.७०, व्यापार ३.९३ र अन्य समूह २.२२ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा हिमालयन हाइड्रो पावर सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। एक्सेल डेभलपमेन्ट बैंक ८.१२, सिभिल बैंक डिभेन्चर ५.८१, रावा इनर्जी डेभलपमेन्ट ५.३३ र नेपाल फाइनान्सका लगानीकर्ताले ५.११ प्रतिशतले कमाएका छन्।

यस दिनको कारोबारमा गुडविल फाइनान्स, समृद्धि फाइनान्स एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै, रिलायन्स फाइनान्सका लगानीकर्ताले ८.६४ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको २१ करोड १३ लाख ४२ हजार ७३२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयरको पाँच लाख कित्ता किनबेच भएको छ।