विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई आठ वर्ष कैद सजाय निर्धारण गरेको छ।
काठमाडौँ– विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनाको सजाय निर्धारण गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सो मुद्दामा दोषी ठहर भएका चार जनालाई आठ वर्षभन्दा बढी समयको कैद सजाय सुनाएको हो।
विशेषले मेलम्ची आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई भदौ २४ गते दोषी ठहर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ६ गतेमा मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषले पूर्वसचिव ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय निर्धारण गरेको छ। त्यस्तै, आयोजनाका तत्कालीन कार्यकारी निर्देशक देवकोटा र कँडेललाई पनि आठ वर्ष एक महिना नै कैद निर्धारण गरिएको छ। विशेषले टिम लिडर शर्मालाई ६ वर्ष एक महिना सजाय सुनाएको छ। शर्मा ज्येष्ठ नागरिक रहेकाले आठ वर्ष कैदमा दुई वर्ष मिनाहा पाएका हुन्।
अदालतले ठाकुर र कँडेलसँग जनही १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ भने देवकोटा र शर्मासँग दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो असुल गर्न आदेश दिएको छ।
अदालतले इप्टिसा र बेट्स (बीइटीएस)बाट ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ र भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको इटालियन निर्माण कम्पनी सीएमसीसँग २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो असुल्न आदेश दिएको छ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्दप्रसाद पौडेल र तत्कालीन सदस्यहरू रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा र कार्यकारी निर्देशक घनश्याम भट्टराई लगायतले सफाइ पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
