लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी भएका इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ।
लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी भएका इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो।
मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी आक्रमणहरूमा १६ सय ४५ जना घाइते भएका छन्। इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ। जसका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्।
इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। जसका कारण दुई जना घाइते भएका छन्।
प्यालेस्टिनी लडाकु समूह हमासले अघिल्लो वर्षको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि गाजा युद्ध शुरू भएको थियो। उक्त आक्रमणमा इजरायलमा ११ सय ३९ जनाले ज्यान गुमाएका थिए। त्यसको प्रतिकारमा उत्रेको इजरायलले अहिलेसम्म गाजामा आक्रमण जारी राखेको छ। त्यहाँ ४१ हजार भन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। तीमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्।
गाजा युद्धको शुरूदेखि नै लेबनानको हिज्बुल्लाह र यस क्षेत्रका अन्य इरान समर्थित समूह पनि यस युद्धमा तानिएका हुन्। गत हप्ता लेबनानमा पेजर र वाकी-टाकी विष्फोटका घटनापछि इजरायल र हिज्बुल्लाहबीचको तनाव थप चर्केको छ। हिजबुल्लाहले उक्त विष्फोटको आरोप इजरायललाई लगाएको छ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
