विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। 

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ। 

मपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउन्ड, किङ सिटीमा खेल नेपाली समयानुसार राति पौने ९ बजे शुरू हुनेछ। जारी सिरिजअन्तर्गत तीन खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ। 

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। 

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध एक विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा पुन: घरेलु टोली क्यानडाविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो। 

क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो। घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।

नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन।