त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गरिने पनि त्रिविले जनाएको छ।
काठमाडाैँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वि.स. २०५८ मा भर्ना भई समयसीमा कटेका कारण पुन: परीक्षा दिन नपाएका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर प्रदान गर्ने निर्णय गरेको छ। त्रिविले मंगलबार गोरखापत्रमा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
वार्षिक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने त्रिविको सूचनामा उल्लेख छ। मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। साथै बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गर्ने निर्णय पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
