एसियन करातेमा ऐतिहासिक रजत पदक जित्दै स्वदेश फर्किइन् एरिका

सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।

काठमाडौँ– सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।

चीनको हान्झाउमा आयोजित २०औँ एशिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायत खेल पदाधिकारीले स्वागत गरेका थिए।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन। नेपाल पुलिस क्लबबाट कराते खेल्न शुरू गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन्। उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकी थिइन्।

यो पनि: देशलाई पदक दिलाएर शालीन खुशी मनाइरहेकी एरिका