मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। यो साताको कारोबारमा आइतबार सामान्य अंकले बढेको नेप्से परिसूचक त्यसयता लगातार घटिरहेको छ।
मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ। यस दिन ३०९ कम्पनीको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता शेयर ७७ हजार २६४ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ६८३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
यो रकम अघिल्लो कारोबार दिनको भन्दा सामान्य बढी हो। सोमबार अर्ब ६६ करोड तीन लाख दुई हजार ६८३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यस दिन सबै समूहको उपसूचक घटेको छ। सर्वाधिक वित्त समूहको ४.६६ प्रतिशतले घटेको छ।
त्यस्तै, बैंकिङ २, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, जलविद्युत् २.८०, लगानी २.९८, जीवन बीमा १.२२, उत्पादन तथा प्रशोधन १.९५, लघुवित्त २.३८, म्युचुअल फन्ड ०.४४, निर्जीवन बीमा १.३९, व्यापार २.०७ र अन्य समूह २.७९ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा अपर स्याङ्गे हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक ७.८३ प्रतिशतले बढेको छ। नबिल ग्रोथ फन्ड ४.८५, इंग्वा हाइड्रो पावर ४.१४, नबिल ब्यालेन्स फन्ड–३ ५.३३ र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन्।
यस दिनको कारोबारमा हिमालयन हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल फाइनान्स ८.७४, बुद्ध भूमि नेपाल हाइड्रो पावर ७.९६, श्वेत गंगा हाइड्रो पावर ७.६२ र एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको आठ लाख ४० हजार ४९८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
