डेंगी संक्रमण : सरुवा रोग अस्पतालमा बढे बिरामी (तस्वीरहरू)

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।

तस्वीर : नेपाल फाेटाे लाइब्रेरी

काठमाडौँ– काठमाडौँमा असोज शुरू भएयता डेंगीका बिरामीको संख्या बढेका छन्। योसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ। आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। उनका अनुसार असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते २३ जना, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन्। “जबकि साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगीका संक्रमित भर्ना भएका थिए,” यादवले भने। गत पुसदेखि शुरू भएको डेंगीको संक्रमणका कारण ११ हजार ५४५ जना संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ। हेर्नुहोस् तस्वीरहरू :