प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ। 

तस्वीर: रासस

न्युयोर्क– अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ।

बुधबार बिहान राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि भेटवार्ता गरेका थिए। भेट राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भएको हो। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ।