तोलामा १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ। बुधबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च दरले बढेपछि नेपालमा यसो प्रभाव परेको महासंघले जनाएको छ। असोज १ गते सुन तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ थियो। एक वर्षअघि, २०८० असोज १ गते १ लाख १२ हजार ५०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार अघिल्लो दिन तोलामा १ हजार ९१५ रहेको चाँदी यस दिन १ हजार ९५५ रुपैयाँ तोकिएको छ।