सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
बांग्लादेशका सबै सुपरमार्केटमा प्लास्टिक (पोलिथिन एन्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ। यो निर्णय अक्टोबर १ देखि लागू हुनेछ।
नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले जनाएका छन्।
बांग्लादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकविरुद्ध कडा कारबाही गरिने बताए।
सन् २००२ देखि लागू भएको प्लास्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उनले बताए।
सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उनले बताए।
सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
