लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा ‘चोरिएको’ भनेर उल्लेख भएको बोधिसत्व पद्मपाणीको मूर्ति किलागल टोलमा फेला परेको हो।
काठमाडौँ– सन् १९७० दशकको मध्यतिर पशुपतिनाथ क्षेत्र, देउपाटनस्थित जयबागेश्वरी मन्दिरबाट हराएको बोधिसत्व पद्मपाणीको पुरातात्विक मूर्ति काठमाडौँकै किलागल टोलमा फेला परेको छ।
सम्पदा अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा ‘चोरिएको’ भनेर उल्लेख भएको बोधिसत्व पद्मपाणी किलागल टोलमा फेला परेको सूचना सम्पदा खोजबिनको अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको छ। पन्ध्रौँ शताब्दीको मानिएको पद्मपाणी प्रतिमाको बारेमा अन्वेषक प्रताप आदित्य पालको पुस्तक ‘द आर्टस् अफ नेपाल’ र अमिता रेको पुस्तक ‘आर्ट अफ नेपाल’मा पनि उल्लेख भएको छ।
“देउपाटनबाट त्यत्रो ठूलो आकारको पुरातात्विक मूर्ति चोरिएको भन्ने सुन्दै र पढ्दै आएका हौँ, तर यो सम्पदा यहाँ किलागल टोलमा छ भन्ने कहिल्यै अनुमान गरिएको थिएन,” सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले उकालोसँग भने, “यो मूर्ति कसले, कसरी र कहिले ल्याएका थिए भन्ने सोधखोज अब गर्नुपर्ने देखिएको छ।”
पशुपति क्षेत्रका बारेमा विद्यावारिधी गर्ने विज्ञ गोबिन्द टण्डनले पनि वाङ्देलको सोध–अनुसन्धानका आधारमा ‘चोरिएको’ मानिँदै आएको बोधिसत्व पद्मपाणी एकप्रकारले स्थानान्तरण भएर किलागल पुगेको सूचना आफैँमा अनौठो रहेको प्रतिक्रिया दिए। साथै किलागल टोलमा बोधिसत्व पद्मपाणी मूर्ति कहिलेदेखि थियो र कुन प्रकारले राखिएको थियो भन्ने खोजबिनबाट यो सम्पदाबारेका अरु रहस्यमयी सूचना बाहिर आउन सक्ने उनले बताए।
यसअघि, जयबागेश्वरीबाट हराएको चौधौँ शताब्दीको उमामहेश्वर मूर्ति पनि चोरिएको भन्दै वाङ्देलको कृतिमा उल्लेख गरिएको थियो। उक्त मूर्ति पनि जयबागेश्वरी परिसरकै वैद्य परिवारसँग फेला परेको थियो।
वाङ्देलले उल्लेख गरेको ‘स्टोलन इमेज’ उमामहेश्वर: ५० वर्षपछि स्थानीयको घरपरिसरमा भेटियो
हराएका र चोरिएका २०० भन्दा बढी मूर्तिहरूको विवरणसहितको खोजमूलक कृति ‘स्टोलन इमेजेज अफ नेपाल’का अनुसार काठमाडौँ उपत्यका आसपासबाट चोरिएका यस्तै पुरातात्विक मूर्तिहरू अमेरिका, बेलायत, अस्ट्रेलियासहितका मुलुकबाट फिर्ता हुने क्रम जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
