नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ४९.१८ अंकले उकालो लागेर २५१९.५७ विन्दुमा कायम भएको हो।

आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कुल एक करोड २४ लाख ९४ हजार ९८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ। 

आज बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन्। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ।