दशैँ नजिकिएसँगै शुरू भयो चंगा र धागोको व्यापार (तस्वीरसहित)

दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।

काठमाडाैँ– दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ। चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन्।

वर्षाका देवता इन्द्रलाई अब पानी पुग्यो भन्ने सन्देश पठाउन पनि चंगा उडाउने गरिएको किंवदन्ती छ। काठमाडौँ उपत्यकामा नागपञ्चमीदेखि हरिबोधिनी एकादशीसम्म चंगा उडाउने गरिन्छ।