दिसानायकेले आफ्नो चुनावी वाचाअनुरूप संसद् विघटन गर्दै 'नयाँ प्रणाली'को सरकार निर्माणका लागि कदम चालेका छन्।
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले तत्काल आम चुनाव गराउन संसद् विघटन गरेका छन्। राष्ट्रपतिको शपथग्रहण गरेको भोलिपल्टै (मंगलबार) यस्तो निर्णय गरेका हुन्।
२२५ सदस्यीय संसद्मा दिसानायकेको वाम झुकाव ‘नेसनल पिपुल्स पावर’ (एनपीपी) गठबन्धनको जम्मा तीन सिट मात्र छ। अबको निर्वाचन तोकिएको समयभन्दा ११ महिना अगाडि आउँदो नोभेम्बर १४ मा हुने सरकारी राजपत्रमा जारी सूचनामा उल्लेख छ।
शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा मार्क्सवादी नेता दिसानायके विजयी भएका थिए। योसँगै आर्थिक संकटको समना गरिरहेको श्रीलंकाले पहिलोपटक वामपन्थी नेतालाई राष्ट्रपतिका रूपमा पाएको छ। दिसानायकेले आफ्नो नीतिलाई अगाडि बढाउन नयाँ जनादेश खोज्न निर्वाचित भएलगत्तै संसद विघटन गर्ने वाचा गरेका थिए।
उनले भनेको थिए, “जनताको चाहना विपरीतको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ छैन।”
श्रीलंकामा पछिल्लो आम चुनाव २०२० अगस्टमा भएको थियो। नेपालमा जस्तै त्यहाँ पनि सांसदहरू पाँच वर्षको लागि निर्वाचित हुन्छन्।
श्रीलंकामा राष्ट्रपतिले मन्त्रीपरिषद्को नेतृत्व गर्छन् र सांसदहरूबाट मन्त्रीहरू नियुक्त गर्छन्, जबकि प्रधानमन्त्रीले उप-राष्ट्रपतिको को रूपमा कार्य गर्दछ र सत्तारूढ दलको नेतृत्व गर्दछ।
विगत तीन दशकमा श्रीलंकाका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरे पनि यसलाई पूरा गर्न असफल भएका छन्। दिसानायकेले पनि राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाएका थिए। सोहीअनुरूप उनले संसद विघटन गर्दै नयाँ प्रणालीको सरकार निर्माणको कदम चालेका छन्।
तीन सदस्यीय मन्त्रीमण्डल
दिसानायकाले मंगललबार नै तीन सदस्यीय आफ्नो अन्तरिम मन्त्रीमण्डल गठन गरिसकेका छन्। यो श्रीलंकाको इतिहासमै सबैभन्दा सानो मन्त्रीमण्डल पनि बनेको छ।
उनको कार्यालयले ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरिसकेको छ। चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित भएकी अमरसुरिया लैंगिक समानता र अल्पसंख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छिन्।
यस्तै, अर्का सांसद विजित हेराथलाई बुद्धासन, धार्मिक र संस्कृति तथा सामाजिक सुरक्षा मन्त्रालयलगायतको जिम्मेवारी दिइएको छ। दिसानायके आफूले गृह, रक्षा, अर्थलगायत मन्त्रालय सम्हालेका छन्। यस अन्तरिम मन्त्रिपरिषद्ले निर्वाचन नभएसम्म काम गर्नेछ।
यो पनि: राष्ट्रपतीय प्रणाली खारेज गर्ने वाचा गर्दै श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका कम्युनिस्ट नेता
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
